नेभिगेशन
आइतबार, असोज २५, २०८३

जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको ज्यान गयो

काठमाण्डौ - दाङमा जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको ज्यान गएको छ । 

गढवा गाउँपालिका–१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझी, उहाँकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए । तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । 

सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गए राति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज