Dashain Banner
Dashain Banner
Dashain Banner
नेभिगेशन
आइतबार, असोज २५, २०८३

इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँ : कांग्रेस सभापति थापा

काठमाण्डौ - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएरमात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने बताउनु भएको छ । 

सभापति थापाले कांग्रेसको गौरवशाली इतिहास भए पनि अब अतीतको महिमा गाएर बस्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न उपयोग गरिने उहाँको भनाइ छ ।

कांग्रेसलाई किसानको आवाज उठाउने, उद्यमीको गुमेको अवसर फर्काउने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको भरोसाको पार्टी बनाउने उहाँको भनाइ छ । 

पार्टीको पुनः संरचना र नागरिकको विश्वास पुनः आर्जन भाषणबाट मात्र सम्भव नहुने उल्लेख गर्दै सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिनुभयो ।

कांग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले १५ औँ महाधिवेशनबाट प्राप्त म्यान्डेट मुलुक र जनताको हितमा उपयोग गरिने बताउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति