नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज देशका हिमाली थोरै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ ।

त्यस्तै, बाँकी पहाडी एक/दुई ठाउँमा पनि वर्षाको सम्भावना छ । तराईका धेरै ठाउँको मौसम मुख्यतया सफा रहनेछ । राति तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने महाशाखाको अनुमान छ ।

पछिल्लो १२ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट पानी परेको छ । देशभर बादल लाग्ने गरे पनि काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँको मौसम सफा छ । दिउँसोको समयमा धेरै ठाउँमा घाम लाग्ने गरेको छ ।

यस वर्षको मनसुन बाहिरिसकेको भए पनि स्थानीय तथा पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज