नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

फिफा अध्यक्ष इन्फान्टिनोमाथि दबाब, कागजात सार्वजनिक गर्न माग

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानी कम्पनीलाई फिफाको व्यावसायिक अधिकार दिने प्रस्ताव फिर्ता लिँदै माफी मागेका छन् । तर, प्रस्तावसँग सम्बन्धित सबै कागजात सार्वजनिक गरी प्रश्नहरूको जवाफ नदिए उनको नेतृत्वमाथि प्रश्न उठ्ने फिफा उपाध्यक्ष डेबी हेविटले बताएकी छन् ।

फिफाको गोप्य ‘फिफा फर्वार्ड इन्टरप्राइज’ प्रस्तावबारे बसेको काउन्सिल बैठकमा पारदर्शिता र आर्थिक सहयोगलगायतका विषयमा प्रश्न उठेको थियो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि इन्फान्टिनोमाथि दबाब बढाउँदै सम्बन्धित कागजात सार्वजनिक गराउन अमेरिकाका तीनवटा अदालतमा दाबी दर्ता गरेको छ ।

प्रकाशित मिति:
थप खेलकुद