नेभिगेशन
शनिबार, असोज ३१, २०८३

एनपीएललाई आईसीसीको मान्यता : नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) लाई मान्यता दिएको छ । नेपाल क्रिकेट सङ्घका अनुसार आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म हुने तेस्रो संस्करणलाई आईसीसीले मान्यता दिएको हो ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट प्राप्त यो मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तरराष्ट्रिय पहिचानलाई विस्तार गरेको छ । क्यानका सचिव पारस खड्काले एक विज्ञप्तिमार्फत् आईसीसीले एनपीएललाई आधिकारिक मान्यता दिएको जानकारी दिनुभएको हो ।

आईसीसीको मान्यता पाउनु लिगले विश्व क्रिकेटको नियम, मापदण्ड र वैधानिकता भित्र रहेर खेल हुनु हो । यो मान्यतासँगै एनपीएलले औपचारिक रूपमा आधिकारिक टी–२० लिगको रूपमा स्थान पाएको छ ।

त्यस्तै फ्रेन्चाइज टोलीहरूले आवश्यकता अनुसार टेस्ट देशका सक्रिय खेलाडीहरूलाई समेत सहजै अनुबन्ध गर्न पाउनेछन् । एनपीएलमा ‘डीआरएस’ जस्ता अत्याधुनिक प्रविधि लागू गर्न थप सहज हुनेछ । 

प्रकाशित मिति:
थप खेलकुद