नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

वेस्ट इन्डिजका अलराउन्डर रसेलले विराटनगर किङ्ग्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।

एनपीएलको टोली विराटनगर किङ्ग्सले तेस्रो संस्करणका लागि रसेललाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

३८ वर्षीय रसेलले वेस्ट इन्डिजका लागि ८६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा ६११ खेलमा ९ हजार ९३३ रन बनाउनुका साथै ५३९ विकेट लिएका छन् ।

आन्द्रे रसेलसँग इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), बङ्गलादेश प्रिमियर लिग (बीपीएल) जस्ता टी–२० लिग खेलेको अनुभव छ ।

एनपीएल यही कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

प्रकाशित मिति:
थप खेलकुद