नेभिगेशन
सोमबार, कात्तिक २, २०८३

चीनकाे नर्सरीमा विषाक्त खाना : सञ्चालिकालाई आजीवन कारावास

चीनमा २०० जनाभन्दा धेरै बालबालिकालाई विषाक्त खाना दिएको घटनामा अदालतले नर्सरी सञ्चालिकालाई आजीवन कारावासको सजाय सुनाएको छ ।

गान्सु प्रान्तको तियानशुईमा ‘हेशी पेइशिन किन्डरगार्टेन’ सञ्चालन गर्ने ली हुइफाङलाई विषाक्त तथा हानिकारक खाद्य पदार्थ उत्पादन र बिक्री गरेको अभियोगमा सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

लान्झोउ मध्यवर्ती जनअदालतले लिको ५ लाख युआन बराबरको व्यक्तिगत सम्पत्ति जफत गर्ने आदेश दिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।

अदालतले नर्सरीका कार्यकारी प्रधानाध्यापक झी जिङ्लिनलाई १५ वर्षको जेल सजाय र ३ लाख युआन जरिवाना सुनाएको छ । यस्तै नर्सरीको भान्सामा काम गर्ने अरू चार जना कर्मचारीलाई ६ देखि ८ वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

सन् २०२५ को जुलाईमा बालबालिकाहरू बिरामी पर्न थालेपछि परीक्षण गर्दा नर्सरीका २४७ जना विद्यार्थी र कर्मचारीको रगतमा असामान्य रूपमा उच्च मात्रामा सिसा (लिड) भेटिएको थियो ।

बालबालिकालाई आकर्षित गर्न र खानाको रूप बढाउन नर्सरीकाे भान्साका कर्मचारीले स्पष्ट रूपमा अखाद्य भनेर उल्लेख गरिएको रङ्ग प्रयोग गरेको खुलेको थियो ।

प्रकाशित मिति:
थप विश्व