नेभिगेशन
शनिबार, असोज ३१, २०८३

सिरियामा पाइपलाइन दुर्घटना : ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट

सिरियाको तेल तथा ग्यास पाइपलाइन प्रणालीमा दुई छुट्टाछुट्टै गम्भीर दुर्घटना भएका छन् ।

उत्तर–पूर्वी प्रान्त हसाकाहमा ग्यास पाइपलाइन विस्फोटपछि आगलागी भएको छ भने मध्य प्रान्त होम्समा इन्धन चोरीका लागि गरिएको तोडफोडका कारण ठूलो परिमाणमा ग्यासोलिन चुहावट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली सरकारी समाचार संस्था सानाका अनुसार हसाकाहको अल–शद्दादी शहरबाट झण्डै ६० किलोमिटर टाढा अल–अरबिदी क्षेत्रमा रहेको अल–जबसा ग्यास निर्यात पाइपलाइनमा शक्तिशाली विस्फोट भएको हो ।

विस्फोटपछि पाइपलाइनको केही भागमा आगलागी भएको सिरियन पेट्रोलियम कम्पनीले जनाएको छ ।

यसैबीच, तटीय शहर बानियासलाई होम्ससँग जोड्ने पेट्रोलियम पाइपलाइनमा पनि क्षति पुगेको छ । पश्चिमी होम्सको हदिदा क्षेत्रनजिक पाइपलाइनमा प्वाल पारिएपछि ठूलो परिमाणमा ग्यासोलिन सडक तथा आसपासका क्षेत्रमा फैलिएको थियो ।

सम्भावित आगलागी र मानवीय क्षति रोक्न सुरक्षा निकायले होम्स–टार्टस राजमार्ग दुवैतर्फबाट बन्द गरेका छन् ।

प्रकाशित मिति:
थप विश्व