नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

दक्षिण अफ्रिकामा खनिज सम्बन्धी सम्मेलन शुरु

दक्षिण अफ्रिकाको केप टाउनमा खनिज सम्पदाबारेको ‘अफ्रिकन माइनिङ वीक २०२६’ को शुरुवात भएको छ । तीन दिनसम्म चल्ने यो सम्मेलनले अफ्रिकाको खनिज सम्पदाको पूर्ण उपयोग गर्न क्षेत्रीय सहकार्य, लगानी अभिवृद्धि र औद्योगिक विकासमा केन्द्रित हुनुपर्ने सन्देश दिएको छ ।

केप टाउन इन्टरनेसनल कन्भेन्सन सेन्टरमा भैरहेको यस सम्मेलनको मुख्य नारा …भविष्यको खानी : अफ्रिकाको खनिज मूल्यको खोजीÚ रहेको छ । सम्मेलनमा खानी उद्योगका नेतृत्वकर्ता, सरकारी अधिकारी, लगानीकर्ता र परियोजना विकासकर्ताहरूको सहभागिता छ ।

उद्घाटन सत्रमा युगान्डाकी ऊर्जा तथा खनिज विकास मन्त्री मोनिका मुसेनेरो मासान्जाले अफ्रिकाले आफ्नो खनिज स्रोतप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा प्रस्तुत तथ्यांकअनुसार विश्वको कुल खनिज भण्डारको ३० प्रतिशत अफ्रिकामा रहेको छ, जसमध्ये ८.६ ट्रिलियन अमेरिकी डलर बराबरको खनिज स्रोत अझै अविकसित अवस्थामा छ ।

इजिप्टका उद्योग उपमन्त्री मोहम्मद जादाले अफ्रिकाको यो अपार सम्भावनालाई औद्योगिक विकासमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । यो सम्मेलनले अफ्रिकी देशहरुलाई क्षेत्रीय एकीकरणमार्फत खनिज क्षेत्रको चुनौती सामना गर्न साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
थप विश्व