नेभिगेशन
बिहीबार, असोज २९, २०८३

स्पेसएक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण

स्पेसएक्सको ‘फाल्कन–९’ रकेटको मुख्य बुस्टर भने उडान लगत्तै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ ।

अन्तरिक्ष यानलाई माथिल्लो कक्षमा धकेलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर छुट्टिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो । रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ ।

यसै उडानमार्फत २ हजार ८६० किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढेको छ । यो यान आज अन्तरिक्ष केन्द्रमा जोडिनेछ ।

यस मिसनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, थ्री–डी मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ । आउँदो नोभेम्बरको मध्यसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्त्वपूर्ण नमुनाहरू बोकेर क्यालिफोर्नियाको समुन्द्रमा फर्कनेछ ।

पुनःप्रयोगयोग्य रकेट प्रविधिको यो सफलताले भविष्यमा मानवलाई मङ्गलग्रह र चन्द्रमासम्म पुर्‍याउने दीर्घकालीन मिसनहरूलाई अझ सहज बनाउने विश्वास लिइएको छ । 
 

प्रकाशित मिति:
थप विश्व