नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

काठमाण्डौ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यो रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिँदै हवाई उडान सेवा स्थगित गरेको जनाएका छन् ।

मुस्ताङमा वर्षमा दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

अघिल्लो हप्ता तारा एयरलाइन्सले र हिजो सोमबारदेखि समिट एयरलाइन्सले नियमित हवाई उडान सेवा बन्द गरेको जोमसोममा रहेको नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माले बताउनुभएको छ । उहाँकाअनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मत भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ ।

जोमसोम समिट एयरलाइन्सनका स्टेशन इञ्चार्ज सुमन थकालीले सडकमा समस्या हुँदा हवाई यात्रुले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नुपरेको बताउनुभयो । यद्यपि चार्टर उडान भने नरोकिने उहाँको भनाइ छ ।

यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा धेरै नियमित हवाई उडान सेवा गर्दै आएका छन् ।     

प्रकाशित मिति:
थप समाज