नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

राष्ट्रपति, प्रधानमन्त्रीलगायतबाट बडादशैँको अवसरमा शुभकामना

काठमाण्डौ – बडादशैँका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पुर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

बडादशैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्न मद्धत पुऱ्याएको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल पनि गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री वालेन्द्र शाहले बडादशैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताउनुभएको छ । प्रधानमन्त्री शाहले बडादशैँको शुभकामना व्यक्त गर्दै विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेकाले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गर्नुभएको छ ।

नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएका समेत उहाँले स्मरण गर्नुभएको छ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताउनुभएको छ ।

उहाँले बडादशैँले मानिसलाई आफ्नो आचरण र व्यवहारलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने समेत बताउनुभएको छ । त्यस्तै सभामुखसहित बिभिन्न दलका नेताहरुले पनि शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति:
थप समाज