नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

जनमतसंग्रहमा अल्बर्टा क्यानडामै रहने पक्षमा दुईतिहाइ भन्दा धेरै मत

अल्बर्टा क्यानडाबाट छुट्टिने कि क्यानडामै रहने भनेर गरिएको जनमतसंग्रहको प्रारम्भिक नतिजाअनुसार अल्बर्टा प्रान्तका दुईतिहाइ भन्दा धेरै मतदाताले क्यानडाकै हिस्सा बनेर रहन चाहेका छन् । अल्बर्टा प्रान्तमा अस्ति सोमबार जनमतसंग्रह गरिएको थियो ।

अल्बर्टा प्रान्तलाई देशबाट अलग गर्ने प्रस्तावको विपक्षमा दुईतिहाइ भन्दा धेरै मतपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई राष्ट्रिय एकता कायम राख्ने अभियानमा राजनीतिक बल मिलेको बीबीसीले जनाएको छ ।

अमेरिकासँग पछिल्लो समय चर्किएको व्यापार युद्ध र राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि दिइरहेको दबाबकाबीच आएको यो नतिजा आएको हो । यसलाई क्यानडाको संघीय एकताका लागि महत्त्वपूर्ण सन्देशका रूपमा हेरिएको बीबीसीको खबरमा उल्लेख छ ।

अल्बर्टामा क्यानडाको प्रमाणित तेल भण्डारको ठूलो हिस्सा छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पटकपटक क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने चेतावनी दिँदै आउनुभएको छ । अल्बर्टामा लामो समयदेखि संघीय सरकारका नीतिप्रति असन्तुष्टि रहँदै आएको छ ।

अल्बर्टा क्यानडामै रहने पक्षको जित भए पनि त्यहाँको राजनीतिक असन्तुष्टि पूर्ण रूपमा समाप्त भने भएको छैन ।

प्रकाशित मिति:
थप विश्व