नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि लगाए बडादशैँको टीका

काठमाण्डौ - नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादशैँको टीका र जमरा लगाएका छन् । 

नेपालीको महान् पर्व बडादशैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाण्डौ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दशैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दशैँ उनीहरूले मनाएका हुन् । 

पछिल्लो समय विदेशी पर्यटकले नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर नेपाली संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सव मनाउने गरेका छन् । 

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवम् काठमाण्डौ इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो । 
 

प्रकाशित मिति:
थप समाज