नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

वेस्ट इन्डिजका शेरफन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाण्डौ - वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर शेरफनले वेस्ट इन्डिजका लागि ३१ एक दिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एक दिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन् ।

फ्रेन्चाइज क्रिकेटमा शेरफनले सीपीएल, इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिगलगायत खेलेका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले शेरफनको आगमनले टोलीको ब्याटिङ र अलराउन्डर क्षमतामा थप बल पुग्ने बताउनुभएको छ । 

प्रकाशित मिति:
थप खेलकुद