नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

वर्षाका कारण एनपीएलमा आजका खेल हुने सम्भावना कम

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने तय भएका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ । काठमाण्डौमा निरन्तर झरी परिरहेकोले कीर्तिपुर मैदान पनि चिसो हुँदा आजका खेल नहुने सम्भावना बढेको हो ।

अस्तिको खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको छ । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन । मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ ।

तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ ।

एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एक/एक अंक बाँड्ने छन् । मैदान तयार हुन सके कम्तिमा ५ ओभरको खेल खेलाउने सम्भावना भने कायमै रहन्छ ।

प्रकाशित मिति:
थप खेलकुद