नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

टी–२० अलराउन्डर वरीयता : दीपेन्द्र एक स्थान तल झरे

काठमाण्डाै – आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा नेपाली टी–२० टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान खस्किँदै छैटौँ स्थानमा झरेका हुन् ।

दीपेन्द्र टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानसम्म उक्लिन सफल भएका थिए । यो नेपाली क्रिकेट इतिहासमै कुनै पनि खेलाडीले प्राप्त गरेको अहिलेसम्मकै सर्वाेच्च वरीयता हो ।

दीपेन्द्र पहिलो पटक सन् २०२४ को अक्टोबरमा इङ्ग्ल्यान्डका लियाम लिभिङस्टोनपछि विश्वकै दोस्रो नम्बरको टी–२० अलराउन्डर बन्न सफल भएका थिए । त्यसपछि सन् २०२५ मा पनि वेस्ट इन्डिजका रोस्टन चेसलाई पछि पार्दै उनी फेरि दोस्रा स्थानमा उक्लिएका थिए ।

नेपालले गएकाे अक्टाेबरमा एशियाली खेलकुद खेलेयता टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरेकाे छैन ।

टी–२० अलराउन्डर वरीयतामा जिम्बावेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सइम अयुब दोस्रो स्थानमा यथावत् छन् । यस्तै अफगानिस्तानका अजमतुल्लाह ओमरजाई तीन स्थान सुधार गर्दै तेस्रोमा उक्लिएका छन् । 

प्रकाशित मिति:
थप खेलकुद