नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने

काठमाण्डौ – यस वर्षको तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि काग तिहारदेखि बुधबार भाइटीकाको दिनसम्म धेरै ठाउँमा मौसम सफा रहनेछ । तिहार अवधिभर तराईका धेरै ठाउँमा मौसम सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा आंशिक बदली हुने महाशाखाको अनुमान छ ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली तथा पहाडी थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि त्यसको प्रभाव सामान्य रहने छ । तिहार अवधिमा बिहानपख तराई, उपत्यका तथा खोँचका केही ठाउँमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

समग्रमा तिहारका पाँच दिन देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने हुँदा पर्व मनाउन अनुकूल मौसम रहने मौसमविद्को भनाइ छ । आज बिहीबार पश्चिमी वायुको आंशिक प्रभाव छ ।

हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली तथा थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

5-day-1793847224.jpgMap-1793847231.jpg
 

प्रकाशित मिति:
थप समाज