नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

वायु प्रदूषणको जोखिम कम गर्न काठमाण्डौ महानगरको आग्रह

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले जाडो मौसम शुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्न सक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ ।

काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले वायु प्रदूषणका प्रमुख कारणहरु गाडीबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले यो कार्य नगर्न/नगराउन आग्रह गर्नुभयो ।

खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीतका कार्य नगर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

विभागका अनुसार गाडी प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो गाडी मर्मत गरी प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर मात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ ।  

प्रकाशित मिति:
थप समाज