नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

एनपीएल : लुम्बिनीले दियाे जनकपुरलाई १५० रनकाे लक्ष्य

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३४ रन बनाए । जनकपुरका विशाल शुस्लिङ र राहुल यादवले २/२ विकेट लिए ।

लुम्बिनी ३ खेलमा ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । जनकपुर ४ खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे वीरगञ्ज किङ्ग्स र काठमाण्डौ गोर्खाज खेल्दैछन् ।

विराटनगर ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । काठमाण्डौ २ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ ।

८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद