नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीकाे तेस्राे जीत

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै तेस्रो जीत हासिल गरेको छ ।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्याे । जनकपुरका कप्तान हरमीत सिंहले ३३, आदित्य महताले नटआउट ३० रन बनाए । लुम्बिनीका डार्सी शर्टले ३ तथा शेर मल्ल र तिलक भण्डारीले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले ३४ रन बनाए । जनकपुरका विशाल शुस्लिङ र राहुल यादवले २/२ विकेट लिए ।

यो जीतसँगै लुम्बिनी ४ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । प्रतियाेगितामा लुम्बिनी मात्र अपराजित टाेली हाे । जनकपुर ५ खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे वीरगञ्ज किङ्ग्स र काठमाण्डौ गोर्खाज खेल्दैछन् ।

विराटनगर ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । काठमाण्डौ २ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ ।

८ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद