नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

७ प्रदेशमा जलन उपचार सेवा प्रभावकारी बनाउन जनशक्ति उत्पादन शुरू

काठमाण्डाै – सरकारले सात वटै प्रदेशमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति उत्पादन शुरू गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै प्रदेशका ठूला अस्पतालहरूमा जलन उपचार सेवा विस्तार गर्ने तयारीस्वरूप चिकित्सक र स्वास्थ्यकर्मीलाई विशेष तालिम दिन थालेको हो ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको ’एडभान्स बर्न केयर’ तालिम सञ्चालन भएको छ ।

कीर्तिपुर अस्पतालमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमार्फत दिइएको यो तालिममा दुवै अस्पतालबाट गरी आठ जना चिकित्सक र स्वास्थ्यकर्मी सहभागी थिए । यसअघि ती अस्पतालका स्वास्थ्यकर्मीलाई ६ दिने प्राथमिक जलन उपचार तालिमसमेत दिइएको थियो ।

तालिम प्राप्त यो जनशक्तिले अब सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नेछन् ।

मन्त्रालयले तिहारलगत्तै बाँकी प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तालिम दिने जनाएको छ ।

प्रकाशित मिति:
थप समाज