नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

सत्य निरूपण र बेपत्ता आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सुझाव

काठमाण्डौ - संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमले सङ्क्रमणकालीन न्यायलाई राष्ट्रिय प्राथमिकतामा राख्दै सत्य निरूपण तथा बेपत्ता आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । 

विस्तृत शान्ति सम्झौताको २० औँ वार्षिकोत्सवको सन्दर्भमा विज्ञप्ति निकालेर उहाँले सशस्त्र द्वन्द्व अन्त्य भएको दुई दशक पुग्न लाग्दासमेत सङ्क्रमणकालीन न्यायमा उल्लेख्य प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नयाँ सरकार गठनसँगै सिर्जना भएको अवसरलाई सदुपयोग गर्दै अवरुद्ध प्रक्रियालाई गति दिन र पीडितलाई सत्य, न्याय तथा परिपूरणको ग्यारेन्टी गर्न उहाँको सुझाव छ । अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रहरूसँग अर्थपूर्ण सहकार्य गर्न आग्रह गर्दै प्रतिवेदक डुहाइमले आफ्नो रोकिएको नेपाल भ्रमणका लागि नयाँ मिति तय गर्न सरकारसँग संवाद भइरहेको समेत जानकारी दिनुभएको छ । 

अध्यादेशमार्फत पदाधिकारी हटाइएपछि गएको मे महिनादेखि दुवै आयोग पदाधिकारीविहीन रहेका छन् । 

प्रकाशित मिति:
थप समाज