नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

काठमाण्डौ - तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।

चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र नागरिकको जीउधनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा योजना, २०८३ लागू गरेको हो । प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चोरी, लुटपाट, जुवा तास, कालोबजारी र आगलागीलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरी निगरानी बढाइएको छ ।

सुरक्षाका लागि सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरसहित सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । त्यस्तै, सडक सुरक्षालाई ख्याल गरेर देशभर ४०८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी एक हजारभन्दा बढी प्रहरी खटाइएका छन् ।

लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य गरिएको छ भने गाडीको अवस्था र चालकको स्वास्थ्य जाँचमा विशेष कडाइ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज