नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियो : सभामुख अर्याल

काठमाण्डाै – सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमै प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताउनुभएको छ ।

थापाथलीमा रहेको खाद्य संस्थान परिसरमा आयोजित ‘तिहार विशेष रैथाने मेला’ को अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले नागरिकलाई प्लास्टिकमुक्त समाज बनाउन आग्रह गरिरहेको बेला सरकारी पक्षबाटै यसको प्रयोग हुनु उचित नभएको बताउनुभयो ।

उहाँले उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) समेत स्पष्ट रूपमा उल्लेख नगरिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

खाद्य संस्थानको यो मेलामा २६ वटा स्टल रहेका छन् । सभामुख अर्यालले रैथाने कृषि उत्पादनको बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरहरूमा यस्ता मेला तथा प्रदर्शनी नियमित आयोजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मेलालाई चाडपर्वमा मात्र सीमित नराखी बिदाका दिनहरूमा समेत निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । यसले दूरदराजका किसानलाई आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउन ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज