नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

भाउ बढेपछि भाइमसलाको अपेक्षित व्यापार हुन नसकेको व्यवसायीको गुनासो

काठमाण्डौ - यस वर्ष भाउ बढेपछि भाइमसलाको अपेक्षित कारोबार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।

विगतका तिहारमा जस्तो यस पटक भाइमसलाको कारोबार अपेक्षित रूपमा नभएको उनीहरूको भनाइ छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यकाअनुसार विशेष गरी पिस्ता र बदामको भाउ बढेको छ ।

भाउ बढेपछि उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको हो । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले यसपालि आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गरेका बज्राचार्यले बताउनुभयो । भाइटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा छ ।

यस्तै ढाका टोपीको बिक्री भने उत्साहजनक रहेको व्यवसायीले बताएका छन् । दाजुभाइलाई ढाका टोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ । सामान्य समयको तुलनामा तिहारमा ढाका टोपीको बिक्री दुईदेखि तीन गुणासम्म बढेको व्यवसायीले बताएका छन् । 

प्रकाशित मिति:
थप अर्थ