नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

भाइटीकाको दिन हिजो २ हजार ५०० यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाण्डौ - सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन हिजो काठमाण्डौ उपत्यकामा निःशुल्क रूपमा सञ्चालन गरेको बस सेवाबाट २ हजार ४८६ जनाले यात्रा गरेका छन् ।

भाइटीकाका दिन सार्वजनिक यातायात न्यून चल्ने भएकाले यात्रुको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले रिङरोड (चक्रपथ) र भक्तपुर गरी दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्रको बस सेवा हिजो बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।

काठमाण्डौको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज