नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

घोप्टेभीरमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग आज पनि एकतर्फी सञ्चालन

काठमाण्डौ - चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्गमा आज पनि एकतर्फी सञ्चालनमा रहेको छ । 

हिजो बिहान पौने ४ बजेदेखि अवरुद्ध सडक झण्डै ४ घण्टापछि पौने ८ बजेतिर एकतर्फी खुलेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार सडक दुईतर्फी नै खुलाउने काम भइरहेको छ । 

घोप्टेभीरमा आइतबार, सोमबार र मंगलबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू समस्यामा परेका थिए । अस्ति दिउँसोपछि सडक खुले पनि फेरि हिजो बिहानै अवरुद्ध भएको थियो । 

मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई  घोप्टेभीरको पहिरोले समस्यामा पार्ने गरेको छ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

प्रकाशित मिति:
थप समाज