नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

मौरीले टोकेर वीरबहादुर ज्यान गयो

काठमाण्डौ - बर्दियामा मौरीले टोकेर वीरबहादुर थारुको ज्यान गएको छ । 

घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय थारुको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले हिजो दिउँसो झण्डै १ बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल पुर्‍याइएको थियो । 

उपचारकै क्रममा हिजो ३ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

वीरबहादुरको घरको सिलिङमा करिब दुई महिनादेखि पाँच वटा वनमौरीका घार रहेका थिए । 

प्रकाशित मिति:
थप समाज