नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

राष्ट्रपतिद्वारा भाइटीका ग्रहण

काठमाण्डौ - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभ साइतमा विधिपूर्वक भाइटीका लगाउनुभएको हो । 

भाइटीकाको अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गर्नुभयो । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज