नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

ठूलाे आवाज निकाल्ने ५२ माेटरसाइकल र ४ स्कुटर नियन्त्रणमा

काठमाण्डाै – प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङ्ग्रे गाडी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ मोटरसाइकल र चार स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे गाडी नियन्त्रणमा लिएको हो ।

चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले गाडी जाँच तीव्र बनाएको छ ।

नियन्त्रणमा लिइएका गाडीको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

काठमाण्डौ प्रहरीले हिजो मङ्गलवार ५२ र अस्ति सोमवार २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
थप समाज