नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

मुग्लिन नजिकैको घोप्टेभीरको सडक अझै एकतर्फी मात्रै सञ्चालन

काठमाण्डौ – पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरको सडक अझै दुईतर्फी खुल्न सकेको छैन ।

सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको सडक अस्ति बुधवारदेखि एकतर्फी सञ्चालन भैरहेको हो । पहिरो ठूलो भएकाले दुईतर्फी खुलाउन समस्या रहेको मुग्लिन प्रहरीले जनाएको छ ।

सोमवार र मंगलबार घण्टौंसम्म अवरुद्ध रहेको  सडक अस्ति बुधवार बिहानदेखि एकतर्फी मात्रै सञ्चालन भैरहेको छ । पहिरोको जोखिम अझै रहेकाले यात्रामा सावधानी अपनाउन र लेन अनुशासन पालना गर्न प्रहरीको आग्रह छ । 

प्रकाशित मिति:
थप समाज