नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

गोरखाको धार्चेमा सुक्खा पहिरो

काठमाण्डौ – गोरखाको धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङको जंगल क्षेत्रमा आज बिहान ठूलो सुक्खा पहिरो खसेको छ । धार्चेमा आज बिहान ९ बजेतिर सुक्खा पहिरो खसेको तर कुनै क्षति वा जोखिम नरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरो खसेको जानकारीपछि प्रहरी टोली त्यसतर्फ गएको छ । बगर क्षेत्रमा पहिरो खसेको तर यो पहिरोले बूढीगण्डकी नदी थुनिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज