नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

एल निनो र जलवायु संकटले नेपालमा पनि सन् २०२७ मा जलवायु जोखिमको संकेत

काठमाण्डौ - जलवायु परिवर्तन र प्रशान्त महासागरमा विकसित शक्तिशाली ‘एल निनो’को संयुक्त प्रभावका कारण सन् २०२७ मा नेपालको कृषि, हिमाली जलचक्र र विपद् व्यवस्थापनमा बहुआयामिक जोखिम देखिएको छ ।

आउँदो वर्षको मनसुनबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिए पनि मौसमी प्रणालीमा आउने उतारचढावले नेपालमा गम्भीर असर पार्न सक्ने वैज्ञानिक अनुमान छ । खाद्य सुरक्षा सूचना सञ्जालका अनुसार नेपालमा कम वर्षाका कारण कृषि उत्पादन घट्ने चिन्तासँगै छोटो समयमा हुने अत्यधिक वर्षाका कारण निम्तिने बाढी र पहिरोले बस्ती, खेतीयोग्य जमिन, सिँचाइ र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याउन सक्छ ।

यस्तै, विश्वव्यापी तापक्रम बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा हिउँ र वर्षाको अनुपात बिग्रिने तथा नदीमा पानीको मौसमी प्रवाह असन्तुलित हुने जोखिम बढेको छ । लामो समय सुख्खा रहँदा वन डढेलो फैलिने खतरा पनि उत्तिकै छ । यस किसिमको मौसमी चुनौती सामना गर्न अब मनसुनको प्रतीक्षा नगरी अहिलेदेखि नै पूर्वतयारी थाल्नु आवश्यक छ ।

विज्ञहरूका अनुसार तराईमा सिँचाइ तथा कृषि योजना सुदृढ बनाउने, पहाड र हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र संघ प्रदेश तथा पालिकाबिच वैज्ञानिक तथ्याङ्क आदानप्रदान गरी एकीकृत विपद् प्रतिकार्य योजना लागू गर्न अपरिहार्य भइसकेको छ । 

प्रकाशित मिति:
थप समाज