नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फोटो फिचर)

काठमाण्डौ – सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ ।

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र ताल तलैयाहरू आकर्षक रूपमा सजाइएका छन् ।

स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाइ गरी रङ्गिन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ । आजको सन्ध्या अर्घ्य र सोमवार बिहानको प्रातः अर्घ्यका लागि घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन् । बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरूको भीड बढेको छ ।

1794740075-gOxC2-1794741544.jpg

1794739787-9dKEN-1794741542.jpg

1794740075-dPCr7-1794741544.jpg

1794739853-mqJyl-1794741544.jpg

1794740076-BWcLj-1794741544.jpg

1794739852-afgbw-1794741544.jpg

1794739791-l14ij-1794741543.jpg

1794739788-8MRVq-1794741543.jpg

1794739787-BIWZD-1794741543.jpg

1794739792-GPD2v-1794741544.jpg

1794740076-tAC3u-1794741545.jpg

1794740154-GapcB-1794741545.jpg

1794740076-kmmug-1794741545.jpg

प्रकाशित मिति:
थप विशेष