नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन,  आज पनि सार्वजनिक बिदा

काठमाण्डौ – उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ आज विधिवत् रूपमा सम्पन्न भएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिने यस अनुष्ठान अन्तर्गत हिजो बेलुका अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो ।

chait-3-1794795264.jpg
पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरेर चोखोनितो खाँदै ‘नहाय–खाय’ विधि पूरा गरेका थिए । दोस्रो दिन पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ सम्पन्न गरिएको थियो । त्यसपछि षष्ठीको सन्ध्याकालीन र सप्तमीको प्रभातकालीन अर्घ्य दिएर चार दिन लामो कठोर व्रत पूरा भएको छ ।

chait-4-rss-1794795147.JPG
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा पवित्रता एवं अत्यन्त सावधानी अपनाइन्छ ।

chait-rss-1794795185.JPG
सूर्यदेवको आराधना गर्नाले चर्मरोग निको हुने, सन्तान र धनधान्य लाभ हुने, निर्धनता हट्ने तथा पारिवारिक आरोग्यता प्राप्त हुने जनविश्वास छ । पहिले मुख्यतया तराई–मधेसमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाण्डाै  उपत्यकासहित पहाडी क्षेत्र र अन्य समुदायमाझ पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ।

chait-1-1794795054.jpg
यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।  

प्रकाशित मिति:
थप विशेष