नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

त्रिभुवन विमानस्थलबाट आधा किलाेभन्दा धेरै सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलाेभन्दा धेरै सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक झाङ गाेउजिङकाे साथबाट ६३५.९६ ग्राम सुन बरामद गरेकाे त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिनुभयाे ।

उनी गएराति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाण्डाै आएका थिए ।

प्रकाशित मिति:
थप समाज