नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएन, आज तीन हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ लगातार ओरालो लागेको छ ।

आज पनि सुन तोलामा तीन हजार ३०० रुपैयाँले घटेर दुई लाख ५७ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ६ हजार ३०० रुपैयाँले घटेर तोलामा दुई लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

गएको शुक्रबार यता सुनचाँदीको भाउ लगातार घटिरहेको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको तीन हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि शुक्रवारयता लगातार ओरालो लागेको हो ।

चाँदी हिजो तोलाको तीन हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति:
थप अर्थ