नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा गर्न प्रचण्डको आग्रह

काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौताका बाँकी कामहरू छिट्टै पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ ।

विस्तृत शान्ति सम्झौता भएको दिनका अवसरमा आज एक सन्देशमार्फत उहाँले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

२०६३ साल मङ्सिर ५ मा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीको तर्फबाट अध्यक्षका रूपमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उहाँले सम्झौता राष्ट्रिय सहमतिको दस्तावेज भएको उल्लेख गर्नुभएको छ ।

विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने दायित्व अझै बाँकी रहेको उहाँको भनाइ छ ।

प्रचण्डले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति:
थप राजनीति