नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

सुनको भाउ ३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाण्डौ – कारोबार हुने यो हप्ताको अन्तिम दिन आज पनि सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ हजार ३०० रुपैयाँले उकालो लागेको छ । यो हप्ताको पहिलो कारोवार दिन आइतवारसम्म लगातार १० दिन घटेको सुनको भाउमा त्यसपछि उतारचढाव भैरहेको छ ।

सोमवार, मंगलवार, हिजो बिहीवार र आज शुक्रबार बढेको छ । महासंघका अनुसार सुनको भाउ आज तोलामा २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो  । अस्ति बुधवार एकैदिन सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार ४ हजार ८०० रुपैयाँले र मंगलबार ५०० रुपैयाँले बढेको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा झरेको थियो ।

गएको कात्तिक २७ गतेदेखि सुनचाँदीको भाउ घट्दै आएको थियो ।  बुधवार सुनको भाउ सबैभन्दा तल २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । 

चाँदीको भाउ आज  ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार १४५ रुपैयाँ थियो ।

त्यस्तै, आज  चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ हिजो तोलाको ३ हजार ४० रुपैयाँ थियो ।

यसअघि लगातार १० दिनसम्म घटेको सुनको भाउमा फेरि उतारचढाव देखिन थालेको हो ।

प्रकाशित मिति:
थप अर्थ