नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएकाे भेटमा सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ ।

साथै उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

यसअघि हिजो बिहीवार लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप राजनीति