नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति पौडेललाई भर्खरै सम्पन्न दुई दिने भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भारतको भ्रमणमा जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेको भन्दै केहीले प्रधानमन्त्री शाहको आलोचनासमेत गरेका थिए ।

यसअघि हिजो प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच कुराकानी भएको थियो ।

त्यस्तै आजै लामिछानेले सरकारका कामकारबाही, संसद् अधिवेशन, अध्यादेश र समसामयिक राजनीतिबारे राष्ट्रपतिसँग भेटेर छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप राजनीति