नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाण्डौ – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन् ।

आईसीसी विश्वकप क्वालिफायर प्लेअफ यही मङ्सिर १८ गतेदेखि पुष ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

यस्तै, नेपालले मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते युएई, मङ्सिर २६ गते जर्सी, मङ्सिर  २८ क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग खेल्ने तालिका छ । नेपालले आफ्ना सातवटै खेल कीर्तिपुरको त्रिवि रंगशालामा खेल्नेछ ।

प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एक/एक खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष चारमा रहने टोली अर्को चरणमा पुग्नेछन् । 

Nepal-crecket-1795916964.jpg

प्रकाशित मिति:
थप खेलकुद