नेभिगेशन
मंगलबार, असोज २७, २०८३

धरान उपमहानगरमा कांग्रेसको अग्रता, एमाले स्वतन्त्र भन्दा पछि

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा एमाले कमजोर देखिएको छ ।

२०७४ सालमा भएको पालिका चुनावमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो । यति मात्रै होइन पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गण मानिन्छ ।

तर, यो पटक भने धरानमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । अहिले धरान उपमहानगरको वडा नम्बर १, २ र ३ को मतगणना जारी रहेको छ । अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ । ताजा परिणामअनुसार धरानको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ७ सय ७३ मतसहित अगाडि रहनुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ६ सय ३ मत ल्याएर टक्कर दिइरहनुभएको छ । एमाले भने तेस्रो स्थानमा पुगको छ । एमालेकी मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ४ सय ८ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश शाक्यले ९२ मत पाउनुभएको छ ।

उपमेयरमा पनि गठबन्धन नै बलियो देखिएको छ । गठबन्धनको तर्फबाट माओवादीका आइन्द्र विक्रम बेघाले ८ सय ५६ मत ल्याउनुभएको छ । उहाँलाई एमालेका पदम इस्बो लिम्बुले ४ सय ६७ मतका साथ पछ्याइरहनुभएको छ ।

प्रकाशित मिति: