Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ४९३ औँ अंक

कार्यक्रम देशपरदेशको ४९३ औँ अंक मलेसिया लगायत खाडी देशमा पछिल्लो समय परिमार्जित श्रम कानुनको विषयमा केन्द्रित छ । आजको यस अंकमा नेपाली श्रमिकको मुख्य गन्तव्य देश यूूएईले श्रम कानुनमा गरेको सुधार र यसले त्यहाँ रहेका नेपाली श्रमिकलाई पुगेको फाइदाबारे एनआरएनए यूएईका उपाध्यक्ष तथा सामाजिक अभियन्ता पासाङ शेर्पासँगको कुराकानी सुुन्न सक्नुहुन्छ । खाडी लगायत मलेसियाको श्रम कानुुनको अहिलेको अवस्था, न्युुनतम तलब सुविधादेखि श्रमिकको हितमा भैरहेका अरु कामबारेको नालिबेली पनि कार्यक्रममा सुुन्न सक्नुुहुन्छ । यस्तै साउदीले श्रम कानुुन परिवर्तन गरेपछि भएको सजिलोबारे एकजना नेपाली श्रमिकको अनुुभवलाई पनि कार्यक्रममा समेटेका छौँ । साथमा, कोरोनाको तेस्रो लहरपछि श्रम गन्तव्य देशमा रोजगारीको अवस्था र ती देश प्रवेश गर्नका लागि चाहिने कागजात र आवश्यक प्रक्रिया समेटिएको जानकारी पनि कार्यक्रममा सुन्न सक्नुुहुुन्छ । यस्तै तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र हप्ताभरीका रोजगार गतिविधि त छँदैछन् ।