Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

498_ Desh Paradesh 2022-01-11

कार्यक्रम देश परदेशको अंक ४९८ विदेशबाट फर्कंदा ल्याएको सामानकै कारण विमानस्थलमा श्रमिक पक्राउ पर्ने बढ्दो क्रम र विदेशबाट के ल्याउन पाइन्छ, के ल्याउन पाइदैन भन्ने जानकारीमा केन्द्रित छ । श्रम गन्तव्य देशबाट फर्कंदा विमानस्थलमै पक्राउ परेका श्रमिकहरुले के कस्ता सामानहरु ल्याएका थिए त भन्ने जानकारी कार्यक्रममा सुन्न सकिन्छ । भिजिट भिसामा यूएई पु¥याएर एजेण्टले अलपत्र छाडेपछि स्वदेश फर्कंनकै लागि भारतीय नागरिकको सामान बोकेर दिल्ली एरपोर्टमा ओर्लिनुभएका धादिङका साने परियारको अनुभव कार्यक्रममा समावेश छ । विदेशमा श्रम गरी स्वदेश फर्कंनेहरु विमानस्थलमै किन पक्राउ पर्छन् ? स्वदेश फर्कंदा के कस्ता सामान ल्याउन पाइन्छ र केकस्ता सामान ल्याउन कानुनले बर्जित गरेको छ त ? यो जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सुचना अधिकारी किशोर बर्ताैलाबाट ल्याएका छौं । साथमा छ, तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका र हप्ताभरीका गतिविधि पनि ।