Ujyaalo Online

हेरौ, सुनौं, बदलौं

 

 

लैङ्गिक हिंसा सम्बोधन र न्युनीकरणका लागि स्थानिय स्तरमा बनेका संरचनाहरुको प्रभावकारिता, सामाजिक न्यायमा समान पहुँच लागि भइरहेका गतिविधि, जलवायु परिवर्तनले सीमान्तकृत वर्गमा पारेको प्रभाव जस्ता विषयवस्तु समेटेर तयार गरिएको कार्यक्रम हेरौं, सुनौं, बदलौं ।

यिनै बिषयमा हरेक आइतबार र बुधबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म उज्यालो एफएम ९० मेगाहर्ज, उज्यालोको फेसबुक र युट्युवमा सुन्न र हेर्न सक्नुहुन्छ । साथै, उज्यालो अनलाइनबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ ।

Episode 01_Herau Sunau Badalau 2023-12-24

आजको अंक राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुषको संख्या ४८.९८ प्रतिशत छ भने महिलाको संख्या ५१.२ प्रतिशत छ । समाजले महिला र पुरुषको लागि आ आफ्नो भूमिका छुट्याइदिएको छ । जस्तो, महिलाले घर व्यवहार सम्हाल्दा पुरुषले आर्थिक व्यवहार सम्हाल्ने । त्यसैले केहि समय अघिसम्म मात्र पनि घरको आर्थिक निर्णयका कुरामा महिलाको सहभागिता न्युन हुने गथ्र्यो । तर, समय बितेसँगै महिला र पुरुषले गरिरहेको कामको भूमिकामा परिवर्तन आएको छ । विश्व स्वास्थ्य संगठनले हालसालै मात्र गरेको अध्यन अनुसार ३७ दशमलभ ७ प्रतिशत महिलाको पारिवारिक छलफल र घर व्यवहारको सबै निर्णयमा सहभागी हुन थालेका छन् । तर, गर्न अझै बाँकी छ । यसै सन्दर्भमा, कार्यक्रम हेरौं, सुनौं, बदलौंः सम्वादको अंक १ मा सामाजिक न्यायमा समान पहुँचका लागि एक्सन एड्ले खेलेको भूमिका, अहिलेसम्मका उपलब्धिहरु र आगामी दिनको प्रक्षेपणबारे एक्सन एड्की कार्यकारी निर्देशक सुजिता माथेमासँगको कुराकानी समावेश छ ।