कर्णाली नदीमा बेपत्ता भएका युवकको शव भेटियाे

 चैत १५, २०८० बिहिबार १८:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कैलालीको चिसापानी पुलबाट हाम फालेर कर्णाली नदीमा बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ ।

गएकाे सोमवार होली खेलेपछि कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता हुनुभएको थियो । शाहीको शव टीकापुर सन्कट्टी घाटमा फेला पारेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिनुभयो ।

होली खेलिरहेका युवा फोटो खिच्ने भन्दै कर्णाली पुलमा पुगेका र त्यहाँबाट हाम फालेका थिए । पुलबाट हाम फालेका अरू युवा भने पौडी खेलेर पार लागेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया