आगलागीमा परि घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गयो

 बैशाख १५, २०८१ शनिबार १२:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – खाना पकाउने क्रममा जलेकी रामेछापको मन्थली नगरपालिका–११ की ४२ वर्षीया साइलीमाया तामाङको उपचारका क्रममा ज्यान गएको छ ।

अस्ति बिहीवार घरमा खाना पकाउने क्रममा तामाङ जल्नुभएको थियो । घाइते उहाँको काठमाण्डौको कीर्तिपुर जलन उपचार अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिनेश थापाले जानकारी दिनुभयो ।

एक हप्ताअघि मन्थली नगरपालिका–९ पुरानागाउँमा पत्कर जलाउने क्रममा घाइते एक वृद्धाको पनि उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया