चक्रपथमा मनै लाेभ्याउने जाकारान्डा फूल

 बैशाख २६, २०८१ बुधबार १५:३३:४१ | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर १४ महालक्ष्मीस्थानको चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकारान्डा फूलले त्यहाँ जानेलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकारान्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकारान्डा फूलका ठूला रुखहरू छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो/भिडियाे खिच्नेहरूको लाम लाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकारान्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् । थसीखेल चोकमा फुलेको जाकारान्डा देखेर मनै प्रफुल्ल हुने गरेको स्थानीय वीरेन्द्र तितुङले बताउनुभयो ।

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकारान्डा फूलका बिरुवा रोपेको छ । तीमध्ये केही फुल्न शुरु गरेका छन् भने केही भर्खर हुर्कँदैछन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न ठाउँमा जाकारान्डा फुलेका देख्न सकिन्छ भने काठमाण्डौ उपत्यकाका अरू विभिन्न ठाउँमा पनि जाकारान्डा फुलेर मनमोहक देखिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया